डडेल्धुरा, आइतबार, २० असार २०७८ । बैतडीमा आइतबार जि’प दु’र्घटना हुँदा २ जनाको मृ’त्यु भएको छ भने १० जना घा’इते छन् ।
से १ ज ७३९ नम्बरको जिप सिगास गाउँपालिका वडा नं. ३ मा दु’र्घटना भएको हो । जि’प डडेल्धुरातर्फ आउँदै गर्दा सडकबाट ५० मिटर त’ल ख’सेको थियो ।
दु’र्घटनामा ६४ वर्षीय रामसिंह धामी र ४५ वर्षीय मानसिंह साउदको मृ’त्यु भएको प्र’हरीले जनाएको छ ।
सो दु’र्घटनामा सिगास–३ का ४५ वर्षीय जयसिंह धामी, १८ वर्षीय योगेन्द्र धामी, १३ वर्षीय लक्ष्मण धामी, ४० वर्षीय गौमती साउद र २९ वर्षीय करन धामी घा’इते भएका छन् ।
त्यसैगरी, सोही ठाउँका ४५ वर्षीय दलबीर साउद, ४० वर्षीय चक्र धामी, ३८ वर्षीया बासमती धामी, १९ वर्षीय खगेन्द्र साउद, ४४ वर्षीय हरीभान साउद पनि घा’इते छन् ।
जिल्ला प्र’हरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालकले घा’इतेमध्ये ४ जनाका अवस्था चि’न्ताजनक रहेको जानकारी दिए ।








































