काठमाडौं, शुक्रबार, १८ असार २०७८ । राष्ट्रिय पु’नर्निर्माण प्रा’धिकरणले विविध कारणवश हालसम्म अ’नुदान सम्झौता गर्न नसकेका वा अनुदानको किस्ता लिन नसकेका भु’कम्प पी’डित ला’भग्राहीहरूलाई कार्तिक मसान्तभित्र तेस्रो किस्ता लिने गरी घर पुन’र्निर्माण गर्न अनुरोध गरेको छ । बिहीबार बसेको कार्यकारी समितिको बैठकले त्यस्ता पुनर्निर्माण तथा प्रबलीकरण लाभग्राहीहरूलाई सम्बन्धित स्थानीय तहमा यथाशीघ्र निवेदन दिन अनुरोध गरेको हो ।
अनुदान सम्झौता गर्न वा बाँकी किस्ता प्राप्त गर्न लाभग्राहीले प्राधिकरणले तयार गरेको क’बुलियतनामा फारम भर्नुपर्नेछ । ला’भग्राही प्रा’धिकरणले तोकेको मापदण्ड र समयसीमा अनुसार पुनर्निर्माण गर्न मञ्जुर हुनुपर्नेछ । त्यसलाई सम्बन्धित वडा अध्यक्षले सिफारिस समेत गर्नु पर्नेछ । त्यसपछि, प्राधिकरणको जिल्ला इकाईले जिल्ला सहजीकरण समितिको निर्णयअनुसार सम्झौता गराउने वा बाँकी किस्ता उपलब्ध गराउनेछ ।
त्यसैगरी, बैठकले निर्माण भइसकेका निजी आवासहरू निर्धारित मापदण्ड बमोजिम सुधार गर्नुपर्ने भनी सम्बन्धित प्राविधिकले गरेको सि’फारिसअनुसार सुधार गर्न सहमत ला’भग्राहीलाई अनुदानको बाँकी किस्ता भु’क्तानी गर्ने पनि निर्णय गरेको छ ।








































