गोरखा, १८ असार २०७८ । गोरखा भित्र सार्वजनिक यातायात खुल्ने भएको छ ।
असार २० गते आईतबारबाट गोरखा भित्र सार्वजनीक यातायात खुल्ने भएको हो ।
जिल्ला स्तरीय कोभिड १९ संकट ब्यवस्थापन केन्द्रको शुक्रवार बसेको बैठकले जिल्ला भित्र सार्वजनिक सवारी साधन संचालन गर्न दिने निर्णय गरेको हो ।
साथै यस अघि सेवा प्रवाह बन्द रहेको मालपोत कार्यालय, नापी र जिल्ला प्रशासन कार्यालय बाट पनि सेवा दिने निर्णय बैठकले गरेको छ ।








































