गोरखा, १७ असार २०७८ । पालुङटार नगरपालिका ९ का चार घर बा´ढीले बगाएको छ ।
अबिरल बर्षापछि आएको स्थानीय चुक्तीखोलाको बा´ढीले सेराबजारभन्दा केही तल रहेको बिमल थापा, सेराबजारभन्दा केही माथिका हरि सेढाइँ र मानबहादुर लामाको घर बगाएको स्थानीय चक्रबहादुर लामाले जानकारी दिनुभयो ।
रातको समयमा घर बगाए पनि मान्छे भने भागेर सुरक्षितस्थलतर्फ गएकाले मानवीय क्षति नभएको स्थानीय चक्रबहादुर लामाले जानकारी दिनु भएको छ ।
सोही ठाउँको खारखोलामा आएको बाढीमा बिर्दी बजारका एक परिबार स्थानीय फँसेका छन् । बाढीले घर घेरेपछि स्थानीय झलक अधिकारीको परिबार बिहिबार बिहानैदेखि बाढीको बीचमा फँसेको स्थानीय ज्ञानबहादुर श्रेष्ठले जानकारी दिए ।








































