काठमाडौं, बुधबार, १६ असार २०७८ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजको सुनुवाइ सकिएको छ ।
बुधवार सरकारको तर्फबाट सहन्यायाधिवक्ताहरु गोपाल प्रसाद रिजाल, संजिवराज रेग्मी, लोकराज पराजुली, खेमराज ज्ञवाली, उद्धव प्रसाद पुडासैनी र उपन्यायाधिवक्ता दशरथ पंगेनीले बहस गरेका छन् ।
सरकारी वकिलको बहस सकिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट बरिष्ठ अधिवक्ता सुशिल पन्त, डा. सुरेन्द्र भण्डारी र विजयकान्त मैनालीले बहस गरेका छन् ।
बहस गरेका सबै कानुन व्यवसायीले प्रधानमन्त्री ओली र राष्ट्रपति विद्या भण्डारीले गरेको कामको बचाउ गरेका छन् । संसद विघटन संवैधानिक भएको उनीहरुको दावी छ ।
प्रधानमन्त्रीको तर्फबाट बहस गर्ने कानुन व्यवसायीको समय अब ४ घण्टा ३३ मिनेट बाँकी रहेको संवैधानिक इजलासमा जानकारी गराइएको छ ।








































