काठमाडौं, १६ असार २०७८ । मेलम्ची खानेपानी आयोजनाको हेड बक्ससम्म पुग्नको लागि आवश्यक पर्ने सडक र पुल बनाउन सडक विभाग र नेपाली सेनाको सहयोग लिने तयारी गरिएको छ ।
मेलम्ची खानेपानी विकास समितिले बाढीले बिगारेको बाटो र पुल बनाउन लागि नेपाली सेना र सडक विभागसँग समन्वय गरी काम गर्न छलफल अगाडि बढेको बताएको छ ।
मेलम्चीको बाढीले पुरिदिएको हेडबक्स मर्मत गर्न आवश्यक सामग्री लैजान सडक र पुलको आवश्यक पर्ने भएकोले चाँडो काम गर्ने उद्देश्यले नेपाली सेना र सडक विभागसँग कुराकानी भएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिनुभयो ।








































