काठमाडौँ, मंगलबार, १५ असार २०७८ । प्रेस काउन्सिल नेपालले रूपा सुनारवि’रूद्ध भ्रा’मक समाचार लेख्ने ६ वटा अनलाइन बन्द गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ ।
काउन्सिलले मंगलबार नेपालभित्र उक्त अनलाइन प्रकाशन / प्रशारण हुन नसक्ने गरी प्रबन्ध मिलाउन भन्दै पत्राचार गरेको हो ।
प्रेस काउन्सिलले खबरमाला, कालापानीपोष्ट, मिडियाट्वान्टीपोष्ट, ग्यालेक्सी सेभेन एक्सप्रेस, आजको नयाँ, साँझा मिडिया डटकमलाई बन्द गराउन भनेको छ ।
आफूविरूद्ध अफवाह फैलाएको भन्दै सुनारले काउन्सिलमा ९ मिडियावि’रूद्ध उजुरी दिएकी थिइन् । सो उजुरी आइतबार दर्ता भएको थियो ।
ती अनलाइनले अ’फवाह फैलाइ जा’तजाति, ध’र्म वा स’म्प्रदायबीचको सु-सम्बन्धमा खलल पुर्याउने र जातीय छु’वाछुत एवम् लैं’गिक भेदभावलाई दु’रूत्साहन गरेको निवदनमा उल्लेख थियो ।








































