काठमाडौं, असार १५ गते । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंह, महामन्त्री डा. शशांक कोइराला र उपसभापति विमलेन्द्र निधिबीच भेट एवम् छलफल हुँदैछ ।
काँग्रेसको चौधौं केन्द्रीय महाधिवेशनको लागि काँग्रेसका यी तीनै जना प्रभावशाली नेताहरु पार्टी सभापतिका लागि आकांक्षी उम्मेदवारीहरु हुनुहुन्छ ।
मङ्गलबार काँग्रेस नेता प्रकाशमान सिंहकाे निवासमा शुरू भएको उक्त भेटमा चौधौं महाधिवेशनको सन्दर्भमा विशेष छलफल भइरहेको महामन्त्री डा. शशांक कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिनुभएको छ ।








































