Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
४:५८:२५ बिहान
- ADVERTISEMENT -

एमबाप्पेले पेनाल्टीमा गोल गर्न नसक्दा फ्रान्स बाहिरियो

प्रकाशित मिति: २०७८ असार १५, मंगलबार

345
Shares

काठमाडौँ, मंगलबार, १५ असार २०७८ । साविक उपविजेता फ्रान्स युरोपेली च्याम्पियनसिप २०२० बाट बाहिरिएको छ । गएराति भएको हीनतम १६को खेलमा लाई पेनाल्टी सुटआउटमा ५-४ले पराजित गर्दै स्विट्जरल्यान्डले क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल ३-३ को बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरमा धकेलिएको थियो । खेलको १५ औं मिनेटमा हरिस सेफेरोभिचले गोल गर्दै स्विट्जरल्यान्डलाई सुुरुवाती अग्रता दिलाए । खेलको ५५ औं मिनेटमा रिकार्डो रोड्रिगेजले पेनाल्टीमा गोल गर्न चुकेपछि स्विट्जरल्यान्ड अग्रता दोब्बर पार्ने सुवर्ण अवसर खेर फाल्यो ।

त्यसको दुई मिनेटको अन्तरमा करिम बेन्जेमाले गोल गर्दै फ्रान्सलाई खेलमा फर्काए । खेलको ५९ औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दा फ्रान्सले २-१ को अग्रता लियो । ७५ औं मिनेटमा पाउल पोग्बाले गोल गर्दै फ्रान्सलाई ३-१को अग्रता दिलाए । त्यसपछि ८१ औं मिनेटमा स्विट्जरल्यान्डका सेफेरोभिचले व्यक्तिगत दोस्रो गोल र ९०औं मिनेटमा स्विट्जरल्यान्डका मारियो गाभ्रानोभिचले गोल गरेपछि खेल ३-३ को अवस्थामा आइपुग्यो ।

त्यसपछि पेनाल्टी सुटआउटमा धकेलिएको खेलमा फ्रान्सका लागि पाउल पोग्बा, ओलिभर जिराउड, मार्कुस थुराम र प्रेसनल किम्पेम्बेले गोल गरे । तर, वा फरवार्ड किलीयन एमबाप्पे चुके । एम्बाप्पेको प्रहारलाई गोलरक्षक यान सोमरले विफल पारेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -