काठमाडौँ, सोमबार, १४ असार २०७८ । अध्यागमन विभागले विदेशी नागरीकलाई जारी गर्ने ४५ बर्ष देखि प्रचलनमा रहेको हस्त लिखित भिषालाई प्रतिस्थापन गर्दै डिजिटल भिषा प्रणालीको सुरुवात गरिएको छ ।
आज अध्यागमन बिभागमा आयोजित कार्यक्रममा माननीय उपप्रधानमन्त्री तथा गृहमन्त्री श्री विष्णुप्रसाद पौडेलले क्यूआर कोड सहितको प्रिन्टेड भिषा प्रणालीको शुभारम्भ गर्नु भएको हो ।
पहिलो भिषा पोर्चुगिज नागरिक तेन्जिङ्ग नोर्बु लामालाई प्रदान गरिएको छ ।








































