काठमाडौं, सोमबार, १४ असार २०७८ । नि’षेधाज्ञाबारे निर्णय गर्न काठमाडौंका उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरुको बैठक बस्दैछ ।
काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका सिडिओहरुको आइतबारको बैठकले निर्णय गर्न नसकेपछि पुन: आज बैठक बस्न लागेको हो ।
आइतबारको बैकमा काठमाडौं उपत्यकामा जोर-बिरोर प्रणालीमा सार्वजनिक सवारी साधन पनि सञ्चालन गर्नेबारे छलफल भए पनि त्यसबारे निर्णय हुन सकेको थिएन ।








































