काठमाडौँ, आइतबार, १३ असार २०७८ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले रोकिएका सबै परीक्षा यस वर्ष नै गर्ने भएको छ । कोरोनाभाइरसका कारणले परीक्षाको क्यालेन्डर नै खल्बलिएपछि पनिकाले यस वर्ष रोकिएका सबै परीक्षा सम्पन्न गर्ने तयारी गरेको हो ।
परीक्षा नियन्त्रक पुष्पराज जोशीले गत वर्षदेखि रोकिएका सबै परीक्षा यसै वर्ष सकेर परीक्षा क्यालेन्डरलाई नियमित गराइने बताए । “कोरोनाभाइरसको तेस्रो लहर आए पनि हामी स्वास्थ्यका मापदण्ड लागु गरेर परीक्षा सञ्चालन गर्दछौँ,” उनले भने, “भरसक भौतिक उपस्थितिमा परीक्षा गर्नेछौँ । त्यो सम्भव नभए पनि अनलाइनबाट परीक्षा गरेर क्यालेन्डलरलाई पहिल्यकै अवस्थामा पुर्याउँछौँ ।”








































