रसुवा, १२ असार २०७८ । रसुवाको सदरमुकाम धुन्चेस्थित ऐतिहासिक सभाहलका विषयमा जनप्रतिनिधि मोहन आचार्य विरुद्ध सुनियोजित राजनीतिकरण थालिएको छ ।
सामाजिक संञ्जालदेखि संचारमाध्यमसम्म सभाहलको विषयमा भ्रम छर्ने काम गरेको सांसद आचार्यले बताए ।
जिल्लामा आचार्यको नेतृत्वमा भएका कामलाई पनि आफ्नो पार्टीले गरेको भनि भ्रम छर्ने र आचार्यलाई बदनाम गराउने दुराषयबाट आएका टिकाटिप्पणीको भने नेपाली कांग्रेसले आपत्ति समेत जनाएको छ । २०७० सालको संविधानसभामा निर्वाचित नेतादेखि उनीहरुको पार्टीसँग आवद्ध भातृ संगठनका नेताहरुले समेत साईबर सेनासरह तुच्छ टिका टिप्पणी गरेको पाइएको हो ।
धुन्चे सभाहलको विषयलाई लिएर सामाजिक संजाल तथा केहि अनलाइन मिडियाहरुले आफुले समाज प्रति गरिरहेको सकारात्मक काम प्रति पनि टिका टिप्पणी गर्दै आफनो पार्टीको नेतृत्वमा रहेको सरकारले नै गरेको दाबी गर्ने तथा भ्रामक खवर समेत सामाजिक संजालमा दिएको प्रति आफुलाई दुख लागेको प्रतिनिधिसभा सदस्य मोहन आचार्यले बताए ।
२०७४ सालमा प्रतिनिधि सभामा निर्वाचित हुनुभन्दा अगाडि जनतासामु आफुले गरेका वचन सरकार मार्फत तथा व्यक्तिगत लगानी मै भएपनि क्रमागत रुपमा पुरा गर्दै गएको उनको भनाई छ ।
सांसद आचार्यले गरेका विकास निर्माणका काम
कृषि सडक निर्माणका लागि निजि लगानीमा १ करोड बराबरको स्काभेटर र जेसिभी समेत प्रदान गरेका छन् । बृहत खानेपानी योजना, शैक्षिक क्षेत्रमा सुधार, सिचाई सडक निर्माण र कृषि क्षेत्रमा समेत उनले आफनो कार्यकालमा रचनात्मक काम गरेका छन् ।
यससँगै कोभिड १९ को संक्रमणको पहिलो चरणको समयमा काठमाण्डौ उपत्यकामा बस्ने रसुवाबासीहरुलाई आफनो घरसम्म पुर्याउन यातायातको व्यवस्था, कोभिड १९ संकट व्यवस्थापन केन्द्र सिसिएमसिलाई लाखौ रुपैयाको स्वास्थ्य सामाग्री प्रदान तथा सोहि समयमा लकडाउनका कारण मजदुरी गरेर खानेहरुको अवस्थालाई हेरि काठमाण्डौमा बस्ने ११ सय ३५ जना र रसुवाका ५ सय जनालाई राहात सामाग्री समेत व्यक्तिगत रुपमा उपलब्ध गराएका थिए ।
यसैगरि जिल्ला अग्रपंक्रिमा काम गर्ने करिब ६ सय जनालाई कोरोना बिमा समेत उनले व्यक्तिगत रुपमै गराएका थिए ।
लामो समयदेखि समाजिक सेवामा समेत समर्पित हुदै आएका आचार्यले कोभिड १९ को दोस्रो चरणमा समेत कोभिड नियन्त्रण तथा रोकथामका लागि जिल्लाका दुई अस्पताललाई करिब १६ लाख बराबरको उपकरण सहितको स्वास्थ्य सामाग्री प्रदान गरेका थिए । छिमेकी जिल्ला त्रिशुली अस्पताल नुवाकोटलाई समेत लाखौ रुपैया पर्ने दुई वटा भेन्टिलेटर उपलब्ध गराएका छन् ।
जहाँ रसुवाका दक्षिणी भेगका हजारौ मानिसहरु अस्पताल स्थापनादेखि अहिलेसम्म सोहि अस्पतालमा उपचार गराउन जाने पाइएपछि उहाँले जिल्लाका नागरिकको सहजताका लागि र कोभिड १९ संक्रमणबाट जोगानका लागि उपकरण उपलब्ध गराएको देखिन्छ ।
जनताको सेवामा निरन्तर खटिएका व्यक्तिलाई सभाहलका विषयमा राजनितिक प्रतिसोध साध्ने गरि आएका टिप्पणीको आलोचना भएको छ ।








































