काठमाडौं, शनिबार, १२ असार २०७८ । मेलम्चीको मुहान भ्रोमथाङ क्षेत्रमा खसेको पहिरोका कारण अहिले पनि मे’लम्ची नदीले लेदो ल्याइरहेको छ ।
त्यही लेदोका कारण इन्द्रावतीले मेलम्ची बजार क्षेत्रमा कटान गरिरहेको र बिहानै गोपाल दुलालको तीनतले घर ब’गाएको स्थानीयले बताएका छन् ।
असार १ गतेको बाढीले उनको घर तलको धानखेत ब’गाएको थियो । खेत बगाए पनि खोलाले धार परिवर्तन गरेका कारण घर जोगिएका थियो । तर, शनिबार बिहानैदेखि नदीको ब’हाव बढेको र घर बगाएको स्थानीयको भनाइ छ ।








































