Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:२५:१५ बिहान
- ADVERTISEMENT -

प्रेस काउन्सिलले चार अनलाइन सञ्चारमाध्यम कालोसूचीमा

प्रकाशित मिति: २०७८ असार ११, शुक्रबार

435
Shares

काठमाडौँ, शुक्रबार, ११ असार २०७८ । प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता उल्लङ्घन गरी पटक-पटक काउन्सिलको निर्णय/निर्देशन अवज्ञा गर्ने चार अनलाइन सञ्चारमाध्यम (न्युजपोर्टल) लाई अवज्ञाकारी, कालोसूचीमा राखेको छ ।

काउन्सिलले २०७७ को साउनदेखि २०७८ असार पहिलो हप्तासम्म कालोसूचीमा परेका न्यूजपोर्टल इहिमालयटाइम्स डटकम, वीरगञ्जसिटी डटकम, एनआरएनखबर डटकम र कोशीपाटी डटकमलाई अवज्ञाकारी, कालोसूचीमा राखेको हो ।

इहिमालयटाइम्स डटकमलाई नियमानुसार दर्ता-सूचीकरण भएको नदेखिएकाले नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि दूरसञ्चार प्राधिकरणलाई पत्राचार गर्ने निर्णय भएको काउन्सिलका प्रवक्रा दीपक खनालले जानकारी दिए ।

त्यसैगरी २०७७ साउनदेखि २०७८ असार ९ गतेसम्म ४५० वटा स्वअनुगमन भएका छन् । पछिल्लो १५ दिनको अवधिमा १३ वटा स्वअनुगमन भएका छन् । जसमध्ये ८ न्यूजपोर्टललाई ध्यानाकर्षण, ४ वटालाई सचेत, एक सञ्चारकर्मीलाई सचेत र १ सञ्चार विज्ञलाई ध्यानाकर्षण गराइएको छ ।

त्यस्तै २०७७ साउनदेखि २०७८ असार ९ गतेसम्म कुल १७२ उजुरी दर्ता भएकोमा १२८ उजुरी फछ्र्यौट भइसकेका छन् । यसैगरी अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका, २०७३ (पहिलो संशोधन, २०७४) मा दर्ता नभइ अनलाइन सञ्चारमाध्यम सञ्चालन गर्न नपाइने व्यवस्था रहेकोमा प्रेस काउन्सिल नेपालले २०७६ मङ्सिरदेखि यस्ता पोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई लेखी पठाएपछि प्राधिकरणबाट नेपालभित्र सम्प्रेषण नहुने व्यवस्था हुँदै आएको प्रवक्ता खनालको भनाइ छ ।

विसं २०७७ को साउनदेखि २०७८ असार ९ गतेसम्म नेपालभित्र सम्प्रेषण हुन नसक्ने बनाइएका वेबपोर्टलको सङ्ख्या १५९ रहेको छ भने पछिल्लो पन्ध्र दिनमा १५ वटा वेबपोर्टल नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरिएको छ ।

काउन्सिलले सम्पूर्ण पत्रकार-सञ्चारकर्मीलाई पत्रकार आचारसंहिताको पूर्णपालना गर्न काउन्सिल फेरि पनि आग्रह गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -