काठमाडौं, १० असार २०७८ । पाँच विद्यार्थी संगठनले संयुक्त रूपमा प्रतिनिधि सभा विघटनवि’रूद्ध आज काठमाडौंमा प्रदर्शन गरेका छन् ।
नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र राष्ट्रिय जनमोर्चानिकट अखिल छैटौंले प्रधानमन्त्री केपी शर्मा ओलीले अ’संवैधानिक कदम चालेको भन्दै प्रदर्शनीमार्गमा प्रदर्शन गरेका हुन् ।
प्रधानमन्त्रीले नेपाली जनताको त्याग,बलिदान र समर्पणको जगमा प्राप्त संघीय लोकतन्त्रिक गणतन्त्र, विधिको शासन र संविधानलाई तहसनहस बनाउने कार्य गर्दै आएको विद्यार्थी संगठनको ठहर छ ।








































