काठमाडौं,९ असार २०७८ । सर्वोच्च अदालतबाटै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री घोषित गर्नुपर्ने जिकिर गर्नुभएको छ ।
आफूलाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै अदालतमा आउनुभएका रिट निवेदक देउवाको तर्फबाट बहस गर्नुभएका बरिष्ठ अधिवक्ता यादवले अदालतले थप कुरा नहेरी सिधै देउवालाई प्रधानमन्त्री घोषणा गर्नुपर्ने जिकिर गर्नुभएको हो । उहाँले परमादेशमार्फत देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने थप जिकिर पनि गर्नुभयो ।
‘पटक–पटक संविधानविरोधी काम प्रधानमन्त्रीबाट भएको छ । पटक–पटक संसद विघटन भैरहनुले दुराशयको कुरा उठ्छ । संविधानप्रति बारम्बार प्रहार गर्ने काम भयो ।
त्यसैले परमादेश दिएर देउवालाई प्रधानमन्त्री घोषित गर्नूपर्छ, प्रधानमन्त्रीमा देउवाको दावी पुगेको छ,’ सर्वाेच्च अदालतको संबैधानिक इजलाशमा आज बहश गर्दै बरिष्ठ अधिबक्ता यादवले भन्नुभयो ।
उहाँले बहुमत सांसदको हस्ताक्षर भन्दा बलियो दावी अरु हुन नसक्ने भएकोले देउवालाई अदालतबाटै प्रधानमन्त्रीको पदमा नियुक्तिका लागि परमादेश जारी हुनुपर्ने जिकिर गर्नुभयो ।








































