काठमाडौँ, बिहिबार, ९ असार २०७८ । सभामुख अग्निप्रसाद सापकोटाले यसबर्ष मनसुनको शुरुआतसंगै देशका विभिन्न जिल्लामा आएको प्रा’कृतिक वि’पदबाट भएको क्ष’ति न्यूनीकरणका लागि सरोकार भएका पक्षसँग छलफल गर्नुभएको छ ।
उहाँले बा’ढी, प’हिरो र डु’बानबाट भएको क्ष’ति र प्रतिकार्यका विषयमा राष्ट्रिय वि’पद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको उच्च नेतृत्व र सम्बन्धित क्षेत्रका विशेषज्ञसँग अलग अलग छलफल गर्नु भएको हो ।
सिंहदरबारस्थित सभामुख सापकोटाको कार्यकक्षमा आज भएको छलफलमा प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेलसहितको टोलिले सिन्धुपाल्चोक, मनाङ्, चितवनलगायत देशकाविभिन्न स्थानमा बाढी पहिरो र डुबानले पु¥याएको मानवीय र भौतिक क्षति र प्राधिकरणबाट भइरहेका प्रतिकार्यका बारेमा जानकारी गराउनु भयो ।
सो अवसरमा सभामुखले विपद्ग्रस्त क्षेत्रमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाअनुसार कार्य अगाडि बढाउन, विपत्तिबाट समस्यामा परेकालाई यथासक्य छिटो सम्बोधन गर्न र सबै भन्दा धेरै समस्या भोग्नु परेको सिन्धुपाल्चोकमा छुट्टै युनिट बनाएर काम अघि बढाउन आग्रह समेत गर्नुभयो ।
उहाँले यसअघि गतआइतबार वि’पद् व्यवस्थापनसँग सम्बन्धित विज्ञहरुसँग छलफल गर्नु भएको थियो । देशभर र मूलतः सिन्धुपाल्चोकमा हालैको म’नसुनजन्य विपत्तिबाट भएको क्ष’ति, प्र’भाव, पु’नस्र्थापना एवं पूर्व तयारीका विषयमा केन्द्रीत सो छलफलका सहभागीहरुले ७७ जिल्लामध्ये भूगोल र मौसमका हिसाबले सो जिल्ला निकै जोखिममा रहेको जानकारी गराउँदै अलग्गै योजना बनाएर काम गर्नु उपयुक्त हुने बताउनु भएको थियो ।








































