काठमाडौं, ८ असार २०७८ । पछिल्लो २४ घण्टामा नेपालमा ४५२२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ३७०३ र एन्टिजेन विधिबाट ८१९ जनामा संक्रमण पुष्टि भएको हो ।
मंगलबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो ।
यस्तै, आज थप ४९५४ जना कोरोना संक्रमण मुक्त भएका छन् । आज संक्रमणबाट थप ४१ जनाको मृ´त्यु भएको छ ।








































