काठमाडौं, ७ असार २०७८ । नेपालमा कोभिड-१९ को नयाँ म्युटेसन भेटिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४७ वटा डेल्टा भेरियन्ट पुष्टि भएका नमुनामध्ये ९ वटामा थप उत्परिवर्तन के४१७एन म्युटेसन भेटिएको जनाएको छ ।
यो म्युटेसन अझ संक्रामक र सबै उमेरका व्यक्तिलाई असर गर्ने रहेको बताइएको छ ।
वैशाख २६ देखि जेठ २० गतेसम्म संकलन गरिएका उक्त नमूनाहरु जिनोमिक पहिचानका लागि भारतको द इन्स्टिच्युट अफ जिनोमिक एण्ड इन्टिग्रेटिभ बायोलोजी ल्याबमा पठाइएको थियो ।
परीक्षण गरिएका नमूनामध्ये ४७ वटामा डेल्टा र एउटामा अल्फा म्युटेसन भएको पाइएको थियो ।








































