Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:१७:५५ बिहान
- ADVERTISEMENT -

केही दिन वर्षा नरोकिने

प्रकाशित मिति: २०७८ असार ७, सोमबार

408
Shares

काठमाडौँ, सोमबार, ७ असार २०७८ । अझै केही दिन वर्षा जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही क्षेत्रमा वर्षा कम हुने भए पनि पूर्ण रूपमा रोकिनसकेको जनाइएको छ ।

मौसमविद् समिरकुमार श्रेष्ठले भन्नुभयो, “अबका केही दिन रोकिँदै वर्षा हुनेछ । केही दिनपछि वर्षा गण्डकी क्षेत्रमा केन्द्रित हुनेछ । केही भेगमा भारी वर्षाको खतरा टरिसकेको छैन ।” मनसुनी वायुको प्रभाव देशभर रहेको महाशाखाले जनाएको छ । हाल मनसुनी न्यूनचापीय रेखा पश्चिमी क्षेत्र नजिक रहेकाले वर्षा हुने क्रम जारी रहने भएको हो ।

सोमबार देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था रहने तथा प्रदेश १, प्रदेश २, बागमती प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी र केही स्थानमा अति भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मङ्गलबार र बुधबार पनि सुदूरपश्चिम प्रदेशसहित अन्य प्रदेशका केही स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ ।

पछिल्लो समय महाकाली नदीमा बहाव सतर्कता तह आसपास रहेको र वर्षा नरोकिएकाले बहाव अझ बढ्न सक्ने बाढी पूर्वानुमान शाखाका प्रमुख विक्रम श्रेष्ठ जुवाले जानकारी दिनुभयो । हालको अवस्थामा महाकाली नदीका तटीय क्षेत्रका बासिन्दाले सतर्कता अपनाउनु आवश्यक रहेको उहाँले बताउनुभयो ।

मध्य नेपालका ठूला नदीको बहाव सतर्कता तहभन्दा तल झरेको छ तर थोरै वर्षाले पनि त्यो ह्वात्तै बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा सतर्क रहन आग्रह गरिएको छ ।

तराईमा सानो क्षेत्रमा वर्षा भइरहेकाले स्थानीय नदीमा बाढी आएर डुबान हुने खतरा रहेको छ । यीबाहेक मध्यम स्तरका खोला र खहरे खोलामा आकस्मिक बाढी आउने सम्भावना उस्तै रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । तामाकोसी नदीको पानीको बहाव तत्काल बढ्ने सम्भावना नरहे पनि वर्षा भएको खण्डमा बहाव पनि बढ्न सक्ने आकलन गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -