काठमाडौं, आइतबार, ६ असार २०७८ । कोराना संक्रमण नियन्त्रण तथा रोकथामका लागि काठमाडौं उपत्यकामा जारी नि’षेधाज्ञा थप एक साता थप्ने तयारी भएको छ । नि’षेधाज्ञालाई केही खुकुलो पारी थप एक साता थप्ने तयारी भएको बताइएको छ ।
यसबारेमा निर्णय गर्न आज काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ ।
को’भिड–१९ निर्देशक समितिले अब स्मार्ट लकडाउन गर्ने निर्णय गरिसकेको छ । तर यसबारेमा सिसिएमसीले अझै निर्णय गरेको छैन ।








































