Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
२:३७:०५ राति
- ADVERTISEMENT -

बा’ढीपहिरा अपडेट: १६ को मृ’त्यु, २२ सम्पर्कविहीन, १६ घा’इते र २००० वि’स्थापित

प्रकाशित मिति: २०७८ असार ५, शनिबार

444
Shares

काठमाडौँ, शनिबार, ५ असार २०७८ । पछिल्लो पाँच दिनमा भारी वर्षापछिको बाढी, पहिरो र डुबानमा परी १६ जनाको मृ’त्यु भएको छ ।

अन्य २२ जना स’म्पर्कविहीन र १६ जना घा’इते भएका छन् । मृ’त्यु हुनेमा सिन्धुपाल्चोक र डोटीमा तीन-तीन तथा सप्तरी, काभ्रे, गोरखा, जुम्ला, अर्घाखाँची, पाल्पा, कास्की, कालिकोट, प्युठान र बाजुरामा एक-एक जना रहेका गृह मन्त्रालयले जनाएको छ ।

बाढी, पहिरो र डुबानमा परी अहिलेसम्म १६ जना घा’इते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । तीमध्ये १० पुरुष चार महिला र दुई बालिका छन् ।

वे’पत्ता २२ मध्ये सबैभन्दा बढी सिन्धुपाल्चोकमा २० जना छन् । बाजुरा र रुपन्देहीमा एक-एक जना वे’पत्ता रहेका छन् । वे’पत्ताको खोजी कार्य जारी रहेको जनाइएको छ ।

बा’ढी तथा प’हिरोमा परेका सिन्धुपाल्चोकमा ९४ र सल्यानबाट आठ जना गरी १०२ जनाको उद्धार भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यस्तै यार्सागुम्बा टिप्न गएका मनाङ्का ७० जनाको पनि आजै उद्धार भएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए ।

पहिरो तथा बाढीका कारण बन्द भएका विभिन्न स्थानका सडक सुरक्षाकर्मीको सहयोगमा सञ्चालनमा ल्याइएको छ । साथै वर्षाका कारण दार्चुला, हुम्ला, सुर्खेत, कालिकोट, सल्यान, दैलेखलगायतका जिल्लामा पहिरो गई अवरोध भएको सडक खुलाउने प्रयास जारी छ ।

झण्डै दुई हजार विस्थापित

बाढी पहिराका कारण अहिलेसम्म १९९ वटा घरमा क्षति भएको छ । कुल १२ वटा पुल, एक विद्यालय र सात सरकारी कार्यालयमा क्षति पुगेको जनाइएको छ ।

प्राप्त विवरणअनुसार ५२८ घरका एक हजार ७६० जना मानिस विस्थापित भएको प्रहरी प्रवक्ता कुँवरले बताए । प्रहरीका अनुसार यही बीचमा ५१६ पशु चौपायको मृत्यु भएको छ ।

बाढी र पहिरोको कारण सिन्धुपाल्चोकका इलाका प्रहरी कार्यालय हेलम्बु र प्रहरी चौकी तालामाराङ स्थानान्तरण गरिएको छ । उक्त घटनाबाट प्रभावित स्थानमा भएको क्षति न्यूनीकरण र उद्धारमा सम्बन्धित प्रहरी कार्यालयबाट प्रहरी कर्मचारी सक्रिय रहेका छन् ।

बाढीपहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका मानिसलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकाल्ने कार्यमा स्थानीयवासी, प्रशासन र जनप्रतिनिधिको समन्वय र सहयोगमा तीन वटै सुरक्षा निकाय सक्रिय भएर लागेका छन् । उद्धारका साथै राहत वितरण कार्यसमेत जारी रहेको जनाइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.21
149.81
EUR
European Euro
1
163.75
164.41
GBP
UK Pound Sterling
1
196.53
197.32
CHF
Swiss Franc
1
177.22
177.93
AUD
Australian Dollar
1
100.40
100.80
CAD
Canadian Dollar
1
104.22
104.64
SGD
Singapore Dollar
1
115.71
116.18
JPY
Japanese Yen
10
9.37
9.41
CNY
Chinese Yuan
1
22.39
22.48
SAR
Saudi Arabian Riyal
1
39.77
39.93
QAR
Qatari Riyal
1
40.94
41.10
THB
Thai Baht
1
4.39
4.41
AED
UAE Dirham
1
40.63
40.79
MYR
Malaysian Ringgit
1
36.25
36.40
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.70
14.76
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
19.02
19.09
KWD
Kuwaity Dinar
1
483.04
484.98
BHD
Bahrain Dinar
1
395.52
397.11
OMR
Omani Rial
1
387.55
389.11
- ADVERTISEMENT -