काठमाडौं, ४ असार २०७८ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आफ्नो नेतृत्वको सरकारलाई विश्वासको मत दिन प्रदेशसभा सदस्यहरुसँग आग्रह गरेका छन् ।
शुक्रबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री पोखरेलले विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेपछि आफ्नो नेतृत्वको सरकारलाई मत दिन आग्रह गरेका हुन् ।
उनले प्रदेशसभालाई जोगाउन विश्वासको मत दिनुको विकल्प नभएको बताए ।








































