काठमाडौं, बुधबार, २ असार २०७८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढीपहिरोले क्ष’ति पुर्याएका स्थानमा उ’द्धार र राहतमा खटिन कार्यकर्तालाई निर्देशन दिएका छन ।
देशका विभिन्न क्षेत्रमा बाढीपहिरोले क्षति पुर्याएकाले तत्काल आ–आफ्नो क्षेत्रबाट उ’द्धार र राहतमा खटिन नेता तथा कार्यकर्ताहरुलाई सभापति देउवाले निर्देशन दिएका हुन ।
आज बिहान सामाजिक सञ्जाल ट्विटर सन्देश जारी गर्दै सभापति देउवाले आवश्यक राहत प्याकेज घोषणा गर्न सरकारलाई समेत आग्रह गरेका छन् ।









































