काठमाडौं, बुधबार, २ जेठ २०७८ । सिन्धुपाल्चोकस्थित मेलम्ची नदीमा आएको बा’ढीले हेलम्बुमा रहेका सशस्त्र, नेपाल प्रहरी र नेपाली सेनाको क्याम्प ब’गाएको छ ।
साथै, बा’ढीले जनधनको क्ष’ति गरेको आशंका गरिएको छ । मंगलबार साँझ मेलम्ची नदीमा बाढी आएको र त्यसले जनधन क्षति गरेको प्रहरीले जनाएको छ ।
घटना मंगलबार साँझ सात बजेको हो। नदीको माथिल्लो भागमा पहिरो खसेको र पहिरो खुल्दा नदीमा पानीको ब’हाव बढेको प्रहरीको भनाई छ ।
बा’ढीले मेलम्ची बजारमा धेरै क्षति पुर्याएको छ।
बाढीले मेलम्ची खानेपानी ड्याम, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, याङ्री क्षतबिक्षत बनाएको स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले बताएका छन् ।
उनका अनुसार नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूलमा पनि क्षति पुर्याएको छ ।








































