पोखरा, शनिबार २९ जेठ २०७८ । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले पद तथा गोपनीयताको सपथ गराउनु भएको छ ।
नेपाली काँग्रेसका नेता पोखरेल आजै मुख्यमन्त्री नियुक्त हुनु भएको थियो ।
पोखरेललाई निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बधाई दिनु भएको थियो ।








































