काठमाडौँ, २९ जेठ २०७८। पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ३ सय ८४ जनामा को’रोना भा’इरसको सं’क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८५०६ जनाको पीसीआर परीक्षण गर्दा २३८२ जना र ५९८८ जनाको एन्टिजेन परीक्षण गर्दा १००२ जनामा सं’क्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कुल सं’क्रमितको संख्या ६ लाख ६ हजार ७७८ जना पुगेको छ ।
यस्तै, आज थप ६ हजार २९५ जना को’रोना सं’क्रमण मुक्त भएका छन् । यससँगै कुल को’रोना सं’क्रमण मुक्त हुनेको संख्या ५ लाख २७ हजार १११ पुगेको छ ।
आज सं’क्रमणबाट थप ६१ जनाको मृ’त्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ८ हजार ३६६ पुगेको छ ।








































