काठमाडौं, शुक्रबार, २८ जेठ २०७८ । पछिल्लो २४ घण्टामा नेपालमा ३७५० जनामा को’रोनाभाइरसको सं’क्रमण पु’ष्टि भएको छ । पीसीआर विधिबाट २७०९ र एन्टिजेन विधिबाट १०४१ जनामा संक्रमण पुष्टि भएको हो ।
शुक्रबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यससँगै नेपालमा कुल सं’क्रमितको संख्या पीसीआरबाट ६ लाख ४ हजार ३९६ र एन्टिजेनबाट १८ हजार ७५५ जना पुगेको छ ।
यस्तै, आज थप ५ हजार २२५ जना को’रोना सं’क्रमण मुक्त भएका छन् । यससँगै कुल को’रोना सं’क्रमण मुक्त हुनेको संख्या ५ लाख २० हजार ५१६ पुगेको छ । नि’को हुनेको दर ८६.२ प्रतिशत छ ।
आज संक्रमणबाट थप ६७ जनाको मृ’त्यु भएको छ । नेपालमा कोरोनाबाट ज्या’न गु’माउनको कुल संख्या ८ हजार ३०५ पुगेको छ ।








































