काठमाडौं, २७ जेठ २०७८ । पछिल्लो २४ घण्टामा नेपालमा ३७४९ जनामा को’रोनाभाइरसको सं’क्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट २८७४ र एन्टिजेन विधिबाट ८७५ जनामा सं’क्रमण पुष्टि भएको हो । आज सं’क्रमणबाट थप ५९ जनाको मृत्यु भएको छ । नेपालमा को’रोनाबाट ज्या’न गु’माउनको कुल संख्या ८ हजार २३८ पुगेको छ ।
बिहिबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ६ लाख १ हजार ६८७ र एन्टिजेनबाट १७ हजार ७१४ जना पुगेको छ ।
यस्तै, आज थप ५ हजार २९३ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना सं’क्रमण मुक्त हुनेको संख्या ५ लाख १५ हजार ५९१ पुगेको छ । निको हुनेको दर ८५.७ प्रतिशत छ ।








































