काठमाडौँ, २७ जेठ २०७८ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष ०७८/७९ को बजेटमा चुरे उत्खननको भाव र आशयसमेत नरहेको बताउनुभएको छ ।
चुरे संरक्षणको प्रतिकूल हुने गरी कुनै कार्य र सम्झौता नहुने उहाँले स्पष्ट पार्नुभयो ।
नेपाल वातावरण पत्रकार समूहले आयोजना गरेको कार्यक्रममा उहाँले चुरे क्षेत्रको दोहन हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
खानी विभागले पहिचान गरेका स्थानबाट वातावरणीय प्रभाव मूल्याङ्कनका आधारमा मात्रै खानीजन्य सामग्री उत्खनन हुने प्रस्ट पार्दै उहाँले चुरेसँग असम्बन्धित विषयलाई जोडेर राजनीति नगर्न पनि आग्रह गर्नुभयो ।








































