काठमाडौँ, बुधबार, २६ जेठ २०७८ । को’रोना सं’क्रमणको जोखिम कम हुँदै गएपछि काठमाडौं उपत्यकामा जारी नि’षेधाज्ञा केही खुकुलो गर्ने तयारी भएको छ । जेठ मसान्तसम्म जारी नि’षेधाज्ञा असारबाट केही खुकुलो बनाउने तयारी भएको हो ।
अहिले उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरू र सरकारी अधिकारीहरू नि’षेधाज्ञाको मोडालिटीका विषयमा अनौपचारिक छलफलमा रहेका छन् ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले अहिले ३१ जेठसम्म जारी निषेधाज्ञाको मोडालिटीमा असारबाट केही परिवर्तन आउन सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘जेठ ३१ सम्म यही निर्णय छ । अहिले बीचमा छलफल गर्दैै छौँ । अहिले संक्रमण दरको विश्लेषण भइरहेको छ । स्वास्थ्य मन्त्रालय र गृह मन्त्रालयसँग निरन्तर छलफलमा छौँ ।’
नि’षेधाज्ञाको मोडालिटी कस्तो हुने भन्ने निर्णय नै भइनसकेको उल्लेख गर्दै उहाँले असारको पहिलो हप्ता निषेधाज्ञा केही प्रतिबन्ध फुकुवासहित जारी रहन सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘असार १ गतेबाट केही रिलिज गरेर हप्ता १० दिन जान सक्छ । तर, ठ्याक्कै यही हो भन्न सकिने अवस्था छैन । पहिलो हप्ता निषेधाज्ञा जारी हुन्छ होला त्यसपछि परिस्थिति विश्लेषण गरेर के गर्ने भन्ने हुन्छ । अहिले कुनै पनि निर्णय भइसकेको छैन ।’
गृह मन्त्रालयका अधिकारीहरू पनि अहिलेको परिस्थितिको विश्लेषण गर्दै असारबाट कसरी अगाडि बढ्ने भन्ने कुरामा छलफल भइरहेको बताउँछन् । प्रवक्ता जनकराज दाहालले अब असारबाट ‘लुजडाउन’ गर्ने योजना रहेको बताउनुभयो । ‘यसअघि ‘लकडाउन’ थियो, असारदेखि भने ‘लुजडाउन’ लागू गर्ने योजना छ, मुलुकभरको सुझाव आएपछि त्यसको आधारमा आवश्यक निर्णय लिइनेछ’, उहाँले भन्नुभयो ।








































