गोरखा, मंगलबार, २५ जेठ २०७८ । बिश्वब्यापी महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरसको कारण पहिलो भेरियन्टबाट केहि सुरक्षित रहेपनि दोश्रो भेरियन्टबाट गोरखाको निर्वाचन क्षेत्र नम्बर २ (ख) पनि अछुतो रहन सकेन ।
घरघरमै विरामीहरु देखिन थाले । करिव भयावह अवस्था हामीले व्यहोर्नुप¥यो । यो दुखद अवस्थामा सबैलाई काठमाडौं र पोखरा उपचारका लागि पठाउन सक्ने स्थिति रहेन । विरामीको चाप अस्पतालहरुमा बढ्दै गए र बढ्दै छन् । कति विरामीहरु अहिले पनि घरमै बसेर आफ्नो ख्याल गरिरहनुभएको छ ।
प्रदेश सांसद प्रकाश चन्द्र दवाडीले आज एक बिज्ञप्ति जारी गर्दै घरबाट बाहिर ननिस्किन सरकारले लगाएको उर्दीका कारण उनीहरु स्वास्थ्य चौकी र नजिकका अस्पतालहरुमा जान पनि नसकेको बताउनु भएको छ । गाउँ बाहिर भएका हामीहरुले सल्लाह गरेर स्वास्थ्य चौकी मार्फत औषधी र स्वास्थ्य सामग्रीहरु उपलब्ध गराउन थालेको उल्लेख गर्दै नागरिकहरु छटपटाईरहेका बेला म पनि चुप बस्न सकिनँ र उनीहरुको सेवामा खटिएको स्पष्ट गराउन चाहान्छु, बिज्ञप्तिमा भनिएको छ ।
यहि सिलसिलामा देश विदेशमा बसोबास गर्ने विभिन्न सहयोगी मनहरुबाट औषधी संकलन गरि मिति २०७८/२/२४ गते बारपाक सुलिकोट गाउँपालिका ४ सौरपानीको स्वास्थ्य चौकी र ४ कै रन्चोक स्वस्थ्य चौकि लगायतका स्वास्थ्य संस्थामा वितरण गरिएको थियो । अरु स्वास्थ्य संस्थामा वितरित औषधीमा समस्या देखिएन । हतारोमा औषधी किनेर उपलब्ध गराईएकोमा स्वास्थ्य कर्मी र वडाध्यक्षको रोहवरमा रुजु गर्दा दुईवटा स्वास्थ्य चौकीमा वितरण गरिएको केहि औषधीहरु म्याद गुज्रिएको पर्न गएको जानकारी पाईसकेका छौं । साथै, म्याद नभएका औषधी डिस्पोज गरि अरु औषधी मात्रै प्रयोग गर्न मैले स्वास्थ्यकर्मीहरुलाई आग्रह गरेको प्रदेश सांसद प्रकाश चन्द्र दवाडीले बताउनु भयो ।
साथै, वडा अध्यक्ष सहित प्रतिनिधिहरुको उपस्तिथिमै म्याद गुज्रिएका औषधी डस्टविनमा फालिएकोमा डस्टविनबाट झिकेर राजनीतिक पुर्वाग्रह राखेर फोटो खिचेर गलत मनसायले सामाजिक सन्जालमा पोष्ट गरिएको घटनाप्रति प्रदेश सांसद प्रकाश चन्द्र दवाडीले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
जनताको स्वास्थ्य माथी जानाजान खेलवाड गर्नु अपराध हो । त्यसमाथी म्याद गुज्रिएको औषधी वितरण गर्नु अघि नै रुजु भैसकेको र त्यसले कसैमाथी असर नपरेको म सबैमा जानकारीका लागि अनुरोध गरेका छन् ।
राजनीतिक पुर्वाग्रहका आधारमा जनतासामु भ्रम छरेकोमा सम्बन्धीत पक्षप्रति खेद प्रकट गर्दै यस्ता भ्रमको पछि नलाग्न प्रदेश सांसद प्रकाश चन्द्र दवाडीले सम्पूर्णमा अनुरोध गर्नु भएको छ ।
साथै, कुनैपनि औषधी जनताको घरमा वितरण गरिएको छैन । सामाजिक सन्जालमा घरघरमा औषधी वितरण गरिएको भनि कु–प्रचार गरिएको छ । भ्रम सिर्जना गर्ने र चरित्र नै हत्या गर्ने मनसायले यसरी गरिएको कु प्रचारको घोर विरोध र भत्र्सना गर्दै सम्बन्धित व्यक्तिलाई पक्राउ गरि कानूनी कारबाहीका लागि प्रशासनसँग आग्रह गर्नु भएको छ ।
अन्त्यमाः नागरिकको पूर्ण स्वास्थ्यका लागि म र हामी साथीहरु हरक्षण सचेत छौं । यो राजनीति गर्ने बेला होईन, जनताको ज्यानको रक्षा गर्ने समय हो । कृपया यो अभियानमा जोडिनु हुन सम्पूर्ण सहयोगी मनहरुलाई हार्दिक अपिल पनि गर्दछु । धन्यवाद ।
प्रकाशचन्द्र दवाडी
प्रदेशसभा सदस्य
गोरखा क्षेत्र नम्बर २ (ख)









































