काठमाडौं, सोमबार, २४ जेठ २०७८ । पछिल्लो २४ घण्टामा नेपालमा ४४७२ जनामा को’रोनाभाइरसको सं’क्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ३३७० र एन्टिजेन विधिबाट ११०२ जनामा सं’क्रमण पुष्टि भएको हो ।
सोमबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ५ लाख ९१ हजार ४९४ र एन्टिजेनबाट १४ हजार ६६१ जना पुगेको छ ।
यस्तै, आज थप ६ हजार ९५१ जना को’रोना सं’क्रमण मुक्त भएका छन् । यससँगै कुल को’रोना सं’क्रमण मुक्त हुनेको संख्या ४ लाख ९७ हजार ९६० पुगेको छ ।
आज सं’क्रमणबाट थप ९२ जनाको मृत्यु भएको छ । नेपालमा को’रोनाबाट ज्यान गुमाउनको कुल संख्या ७ हजार ९९० पुगेको छ ।








































