
गोरखा, सोमबार, २४ जेठ २०७८ । गोरखाको गण्डकी गाउँपालिका ध्याल्चोकमा स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।
बिश्वब्यापी महामारीको रुपमा फैलिएको को’रोना भा’इरसको दोस्रो चरणको भेरियन्तका कारण उत्पन्न जटिल परिस्थितिमा वडा पार्टी सभापतिद्वय गणेश श्रेष्ठ, बिष्णु नेपाल, गाउँपालिका अध्यक्ष होम बहादुर राना मगरको उपस्थितिमा २ वटा अक्सिमिटर, १ थान अक्सिजन कन्सन्टेटर, ३ थान अक्सोमिटर र सर्जिकल मास्क लगायत स्वास्थ्य सामाग्री गोरखा कांग्रेस सचिव नन्द प्रसाद न्यौपानेले गाउँपालिकालाई हस्तान्तरण गर्नु भएको थियो ।

नेपाली कांग्रेस नेत्री कमला पन्तले १ थान अक्सिजन कन्सन्टेटर सहयोग गर्नु भएको थियो ।









































