कोरिया, २३ जेठ २०७८ । एनआरएनए कोरियाको विशेष पहलमा दक्षिण कोरियामा रहेका विभिन्न सङ्घसंस्था र नेपालीबाट सङ्कलित रकमबाट करीब ५० लाख कोरियन वन बराबरको कोरोना स्वास्थ्य सामग्री नेपाल पठाई हस्तान्तरण गरिएको छ ।
दक्षिण कोरियाबाट उद्धार उडानका लागि नेपाल पुगेको कोरियन एयर १ सय १२ यात्रुसहित कोरोनाको राहत सामग्री काठमाडौँ आइपुगेको हो ।
उक्त विमानमा एक लाख मास्क, ३०० पिपिई सेट, २ सय ४० बोतल स्यानिटाइजर, ५०० थान अक्सिमिटर र विभिन्न औषधि नेपाल पठाइएको एनआरएनए कोरियाका महासचिव बिमल सुवेदीले बताए ।








































