गोरखा, आइतबार, २३ जेठ २०७८ । प्रदेश सांसद प्रकाश चन्द्र दवाडीले अक्सिजन कन्सन्टेटर मेसिनसहित स्वास्थ्य सामाग्री गोरखाका विभिन्न पालिकाका स्वास्थ्य चौकिलाई सहयोग गर्नु भएको छ ।

सांसद प्रकाश चन्द्र दवाडीले सिरानचोक गाउँपालिका वडा न १ केराबारी, वडा न ३ हर्मी स्वास्थ्य चौकी, वडा न २ थालाजुङ्ग
स्वास्थ्य चौकी, अजिरकोट गाउँपालिकाका बिभिन्न वडा, बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ३ खार्चोक भञ्ज्याङ् , वडा नम्बर ४ सौरपानी ,वडा नम्बर ८ पन्द्रुङका स्वास्थ्य चौकीहरुमा अक्सिजन कन्सन्टेटर मेसिन सहित स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराउनु भएको छ ।

बिश्वब्यापी महामारीको रुपमा फैलिएको को’रोना भा’इरसको दोस्रो चरणको भेरियन्तका कारण उत्पन्न जटिल परिस्थितिमा जनताको पिडालाई मेटाउन निरन्तर प्रयासमा लागिरहेको बेला को’भिड १९ को महामारीले जनता छट्पाटाइरहेको बेला म आफैंले ब्यक्तिगत तर्फबाट स्वास्थ्य सामाग्रीहरु किनेर गोरखाको विभिन्न पालिकामा स्वास्थ्य सामाग्री उपलब्ध गराएको सांसद प्रकाश चन्द्र दवाडीले जानकारी दिनुभयो

आजको जटिल परिस्थितिमा केहि थान अक्सिजन कन्सन्टेटर मेसिनहरु उपलब्ध गराइ सहयोग गर्नु हुने सहयोगीमनहरु डा.सितल अधिकारी , प्रताप देवकोटा, बिनोद ढकाललाई सासद प्रकाश चन्द्र दवाडीले धन्यवाद ज्ञापन गर्नु भयो ।









































