काठमाडौं, शनिबार, २२ जेठ २०७८। नवनियुक्त उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले नागरिकलाई को’भिड–१९ विरुद्धको खोप सुनिश्चित गर्न सरकार केन्द्रित हुने बताउनु भएको छ ।
पद तथा गोपनीयताको शपथ लिएपछि आज सिंहदबारस्थित अर्थ मन्त्रालयमा पदबहालीपछि अर्थमन्त्री पौडेलले को’भिड–१९ पराजित गर्दै सहज अवस्थामा फर्कन सरकारका सबै सामथ्र्य लगाइने बताउनुभयो ।
उहाँले को’भिड–१९ ले सिर्जना गरेको प्रतिकूलता हटाउँदै आर्थिक पुनरुत्थान र पूर्वनिर्धारित समयमा निर्वाचन गराउन अभिभारा पूरा गरिने बताउनुभयो ।








































