काठमाडौं, २२ जेठ २०७८ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।
जसपा ठाकुर पक्षबाट ८ मन्त्री र २ राज्यमन्त्री समेटेर ओलीले मन्त्रीपरिषद् पुनर्गठन गरेका हुन् ।
ओलीले मुख्य मन्त्रालय भने आफैँसँग राखेका छन् । राष्ट्रपति कार्यालयले जारी गरेको सूचीअनुसार ओलीले आफूसँग ७ मन्त्रालय राखेका छन्।
गृह, रक्षा, उद्योग वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपन्छी विकास, वन तथा वातारण, संघीय मामिला तथा सामान्य र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय ओलीले आफूसँग राखेका छन् ।








































