काठमाडौं, जेठ २१ गते । काठमाण्डौं उपत्यका खानेपानी लिमिटेडले मेलम्चीको पानी केही समय आउँन रोकिने देखे पछि पुरानै स्रोतबाट पुरानै कार्यतालिकामा पानी वितरण गर्ने भएको हो ।
मेलम्चीको पानी सुरुङ सफाईको क्रममा केही समय पानी आउँन अवरुद्व हुँने भए पनि पुरानै कार्यतालिका अनुसार पानी वितरण भने नरोकिने भएको छ ।
उपत्यका खानेपानी लिमिटेडका प्रमुख मिलन शाक्यले पानी वितरणकार्य नरोकिने बताउनुभयो । केहि समय देखि मेलम्चीको पानी आए पछि एक दिन विराएर पानी पठाउने कार्यतालिका भएकोमा अव पुरानै कार्यतालिका अर्थात नौ दिनमा एक पटक पानी पठाउने गरि तयारी अवस्थामा रहेको बताउनुभयो ।








































