Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
३:१२:१८ राति
- ADVERTISEMENT -

वातावरण स्थिरिकरणमा आँच आउने काम तत्काल रोकियोस् : नेता पौडेल

प्रकाशित मिति: २०७८ जेठ १९, बुधबार

396
Shares

काठमाडौँ, १९ जेठ २०७८ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले वातावरण स्थिरिकरणमा आँच आउने काम तत्काल रोकियोस् भनी ध्यानाकर्षण गराएका छन् ।

नेता प्रदीप पौडेल आज सामाजिक संजालमा लेखेका छन्।

चुरे क्षेत्रकाे संरक्षण गर्न र प्राकृतिक जोखिम न्यूनीकरण गर्न नेपाल सरकारले २०६६/०६७ देखि पहिलो प्राथमिकतामा राखी राष्ट्रपति चुरे संरक्षण कार्यक्रम लागू गरिसकेको छ ।

त्यस्तै, विकास समिति ऐन, २०१३ अन्तर्गत रहेर राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समिति (२०७१) गठन गरी वातावरण संरक्षण ऐन २०५३, बमोजिम नेपालको ३६ जिल्लाको चुरे अन्तर्गतको भू-भागलाई वातावरण संरक्षण क्षेत्र घोषणा पनि गरेको छ। चुरे संरक्षण क्षेत्रमा विकास निर्माण गर्दा अवलम्बन गर्नुपर्ने कार्यविधि तथा मापदण्ड ,२०७७ भनेर नियामावली नै बनिसकेको छ ।

यतिका धेरै कडाई गर्दा पनि अझै प्राकृतिक दोहन रोकिएको छैन । अव्यवस्थित बसोबास, अतिक्रमण, वन विनाश, अवैज्ञानिक भू-उपयोग आदिले चुरे क्षेत्र सधैं उच्च जोखिममा छ। नदी कटान, भू-क्षय, बाढी, पहिरो जस्ता प्रकोपले बर्सेनि आम नागरिकको जीवनमा समस्या माथि समस्या थपीरहेको छ ।

यस्तो विकराल रूप देख्दा देख्दै प्राकृतिक स्रोत साधनको संरक्षण गर्नुपर्ने जिम्वेवार निकायबाट नै त्यसको बर्खिलाप दोहन गर्न उत्रिनुले सरकारकाे भ्रष्टाचारी अनुवार झल्काउँछ । आफैंले बनाएका नियम कानुन र ऐन लाई लत्याउने योजना ल्याउनु कहाँ सम्मको गैह्र जिम्मवारी हो ? उनले लेखेका छन ।

लोकतन्त्र, मुल्य मान्यता, नैतिकता सबै बेचीसकेको सरकारले अब बेच्न बाकी प्रकृति थियो । सरकार त्यो पनि बेच्न तम्सिरहेकाे छ । व्यापार घाटा पूर्ति गर्ने नाममा चुरे पहाडका ढुङ्गा, गिट्टी, बालुवा निकासी गरेर सरकारले आफ्ना कार्यकर्ता पोस्ने अखडा बनाउन खोजको प्रष्ट छ ।

ओलि सरकारको अनियमितता र भ्रष्टचारी पोस्ने अभियान आफ्ना विगतका रेकर्ड तोड्दै अर्को उचाई चुम्न दौडिँदै छ । यो किमार्थ स्वीकार्य हुँदैन, उनले लेखेका छन ।

प्राकृतिक स्रोतमाथिको दोहन राष्ट्रघाती कदम हो। यो देशको नियम कानुन साथै प्राकृतिक नियमको पनि ठूलो उल्लंघन हो ।

विकास निर्माण गर्दै गर्दा पनि प्रकृतिको क्षेति गर्न मिल्दैन, अझ सिङ्गै पहाड नै उजाड बनाएर बेच्ने कुरा कल्पना सम्म गर्न सकिँदैन ।
देश आजलाई मात्र होइन । भोलिका सन्ततिको भविष्यको आधार र प्राकृतिक स्रोत माथि हडप्ने अधिकार कसैलाई छैन । प्रकृतिको रक्षा गर्दै दिगो विकासकाे योजना हाम्रो मूल मन्त्र बन्नु पर्छ । वातावरण स्थिरिकरणमा आँच आउने काम तत्काल रोकियोस् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.21
149.81
EUR
European Euro
1
163.75
164.41
GBP
UK Pound Sterling
1
196.53
197.32
CHF
Swiss Franc
1
177.22
177.93
AUD
Australian Dollar
1
100.40
100.80
CAD
Canadian Dollar
1
104.22
104.64
SGD
Singapore Dollar
1
115.71
116.18
JPY
Japanese Yen
10
9.37
9.41
CNY
Chinese Yuan
1
22.39
22.48
SAR
Saudi Arabian Riyal
1
39.77
39.93
QAR
Qatari Riyal
1
40.94
41.10
THB
Thai Baht
1
4.39
4.41
AED
UAE Dirham
1
40.63
40.79
MYR
Malaysian Ringgit
1
36.25
36.40
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.70
14.76
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
19.02
19.09
KWD
Kuwaity Dinar
1
483.04
484.98
BHD
Bahrain Dinar
1
395.52
397.11
OMR
Omani Rial
1
387.55
389.11
- ADVERTISEMENT -