काठमाडौं, बुधबार, १९ जेठ २०७८ । काठमाडौं उपत्यकामा निषेधाज्ञा पुन: लम्ब्याउने निर्णय भएको छ । बुधबार बसेको काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले जेठ ३१ गतेसम्म नि’षेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।
अब किराना पसल डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न दिइने छ । फलफूल र पुस्तक पसल पनि बिहान ९ बजेसम्म खुल्नेछन्। थप गरिएको निषेधाज्ञा पहिलेको भन्दा खुकुलो बनाइएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकारी दिए ।
यस्तो छ जिल्ला प्रशासन कार्यालय, काठमाडौंले जारी गरेको आदेशपत्र:-












































