काठमाडौँ, बुधबार, १९ जेठ २०७८ । स्थानीय तहका जनप्रतिनिधिले छिटो खोपको व्यवस्था गर्न सङ्घीय सरकारलाई आग्रह गरेका छन् । को’रोना (को’भिड–१९) म’हामारी नियन्त्रण गर्न खोप नै सबैभन्दा भरपर्दो उपाय भएको भन्दै सो आग्रह गरिएको हो ।
स्थानीय तहका प्रतिनिधिमूलक संस्था नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले यथाशक्य चाँडो खोप उपलब्ध गराउन सङ्घीय सरकारलाई आग्रह गरेका छन् । उनीहरूले आफ्नै स्रोत र प्रयासबाट खोप खरिद गर्न चाहने स्थानीय तहलाई स्वीकृति दिन पनि सङ्घीय सरकारलाई आग्रह गरेका छन् ।
नगरपालिका सङ्घका अध्यक्ष अशोककुमार व्याञ्जू श्रेष्ठले केही स्थानीय तहले आफ्नो स्रोतबाट खोप खरिद गर्न अनुमति माग गर्र्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्राचार गरेको जानकारी दिनुभयो । म’हामारी बढेसँगै खोपको माग बढ्न थालेकाले खोप खरिद गर्न चाहने नगरपालिकालाई स्वीकृति दिन सङ्घले समेत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।








































