काठमाडौँ, बुधबार,१९ जेठ २०७८ । काठमाडौँ उपत्यकामा केही खुकुलो गर्दै पुनः एक हप्ता नि’षेधाज्ञा थपिने भएको छ ।
उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारी (सीडीओ)को मंगलबार बसेको बैठकले १४ गते अघिको स्थितिमा कायम रहने गरी २० गतेदेखि थप एक साता नि’षेधाज्ञा लम्ब्याउने निष्कर्ष निकालेको थियो । त्यसका लागि आज पनि बैठक बस्ने भक्तपुरका प्रजिअ प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।
सीडीओ भट्टराईका अनुसार खाद्यान्न, किराना पसल, ग्रोसरी तथा डिपार्टमेन्टल स्टोर्सलाई बिहान नौ बजेसम्म सञ्चालन गर्न दिइने, विकास निर्माणका काम आवासीय रुपमा स्वास्थ्य मापदण्ड अपनाएर गर्न दिइने, निर्माणका सामान ढुवानीलाई निश्चित समय तोकेर सवारी साधनमा ओसारपसार गर्न दिइनेलगायतका निर्णय हुने छन् ।
यही १४ गते थपिएको आदेशमा भने यी सबै गतिविधिमा रोक लगाइएको थियो । खाद्यान्न पसल बन्द भएपछि प्रशासनले आवश्यक पर्नेहरुलाई स्थानीयस्तरमै खाद्यान्न उपलब्ध गराउने जनाएको थियो ।








































