गोरखा, मंगलबार, १८ जेठ २०७८ । नेता राजेन्द्र बजगाइद्वारा गोरखा कांग्रेसलाई ११ वटा अक्सिजन सिलिण्डर प्रदान गर्नु भएको छ । नेपाली काँग्रेस गोरखाका महासमिति सदस्य तथा युवा नेता राजेन्द्र बजगाइले ११ वटा अक्सिजन सिलिण्डर उपलब्ध गराउनु भएको हो ।

नेपाली काँग्रेस जिल्ला कार्यसमिति गोरखालाई ११ वटा अक्सिजन सिलिण्डर उपलब्ध गराउनु भएको गोरखा कांग्रेस सचिव नन्दप्रसाद न्यौपानेले जानकारी दिनुभयो । प्राप्त भएका अक्सिजन सिलिण्डर आवश्यकताका आधारमा गोरखा जिल्लामा रहेका विभिन्न को’भिड अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा हस्तान्तरण गरिने उहाँले बताउनु भयो ।
विश्वब्यापी महामारीको रुपमा फैलिएको को’भिड १९ का कारण उत्पन्न जटिल परिस्थितिमा चपेटामा रहेका गोरखा जिल्लाका नागरिकहरुको स्वास्थ्य सेवामा टेवा पुर्याउने उदेश्यले सहयोग गर्नुभएकोमा युवा नेता राजेन्द्र बजगाइलाई नेपाली काँग्रेस गोरखाले हार्दिक आभार प्रकट गरेको छ ।








































