काठमाडौँ, १८ जेठ २०७८ । २४ घण्टामा देशभर ५ हजार २ सय ८५ जनामा को’रोना सं’क्रमण पु’ष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको १७ हजार १ सय ४७ पीसीआर परीक्षणमा ५ हजार २ सय ८५ जनामा कोरोना पुष्टि भएको हो ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ६६ हजार ५ सय ८७ पुगेको छ ।








































