गोरखा, सोमबार, १७ जेठ २०७८ । गोरखाको शहिद लखन गाउँपालिका पिसिआर बिधिबाट स्वाव संकलन गरिएको छ ।
शहिद लखन गाउँपालिका वडा न ७ मा गत शनिबार (जेठ १५ गते ) बुङकोट चारघरे सामुदायीक भवनमा पिसिआर बिधिबाट स्वाव संकलन गरिएकोमा ६६ जना मध्य ३६ जनाको रिपोर्ट पोजेटिभ आएको वडा अध्यक्ष शरण श्रेष्ठले जानकारी दिनुभयो ।
जसमा महिला २६ र पुरुष १० जनाको रिपोर्ट पोजेटिभ आएको वडा अध्यक्ष शरण श्रेष्ठले जानकारी दिनुभयो । संक्रमित हुनु भएकालाइ साबिक बुङकोट वयाक, पिपल छाप, चारघरे,देउरालीमा राखिएको छ ।








































