काठमाडौँ, सोमबार, १७ जेठ २०७८ । को’रोना महामारीलाई मध्यनजर गर्दै उपत्यकामा पछिल्लो पटक थप गरिएको नि’षेधाज्ञा जारी रहेको छ ।
उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको बैठकले जेठ २० गतेसम्म नि’षेधाज्ञा थप्ने निर्णय गरेको थियो । नि’षेधाज्ञाका कारण उपत्यका सडक सुनसान छन् ।
अत्यावश्यक बाहेकका सवारी साधनलाई प्रहरीले सञ्चालनमा रोक लगाएको छ ।
सोमबार बिहान मात्रै निषेधाज्ञाको अबज्ञा गरी चलाइएका ७ सय ११ वटा सवारी साधनलाई काठमाण्डौ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । जसमा ५ सय ४४ दुई पाङग्रे, १ सय २७ चार पाङ्ग्रे, १० ट्याक्सी र ३० ठुला सवारी साधन रहेको ट्राफिक महाशाखाले जनाएको छ ।








































