काठमाडौँ, आइतबार, १६ जेठ २०७८ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) वैकल्पिक विधिबाट सञ्चालन गर्ने व्यवस्थाका लागि शिक्षा मन्त्रालयसँग अनुमति मागेको छ । यस वर्षको एसईई परीक्षा जेठ १३ गतेदेखि हुने कार्यतालिका थियो । एसईईका लागि प्रश्नपत्र छपाइको काम यसअघि नै सकिसकेको थियो ।
नयाँ भेरियन्टसहितको को’रोना म’हामारीको दोस्रो लहरले आइपरेको सं’कटका कारण स्थगित एसईई परीक्षा गर्न अझै पनि सं’क्रमण कम नभएको र विद्यार्थीलाई भौतिक रूपमा उपस्थित गराउन असम्भव देखिएकोले वैकल्पिक विधिबाट परीक्षा गर्नको लागि मन्त्रालयसँग अनुमति मागेको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिनुभयो ।
५ लाख १७ हजार विद्यार्थी एसईई परिक्षा दिने तयारीमा छन् । यस्तै, जेठ २६ गतेदेखि तोकिएको कक्षा १२ को परीक्षा पनि स्थगित भएको छ ।








































