काठमाडौं, आइतबार, १६ जेठ २०७८ । को´रोना भा´इरसविरूद्ध खोप लगाएपछि शरीरमा विकास हुने प्रतिरोधक क्षमता कम्तिमा एक वर्ष रहने र यो समयक्रममा अझ बलियो हुँदै जाने भएकाले सम्भवत: जीवनभर पनि रहन सक्ने दुईवटा नयाँ अध्ययनले देखाएका छन्।
अमेरिकी अखबार ‘द न्यूयोर्क टाइम्स’ ले दुइटा वैज्ञानिक जर्नलमा छापिएका अनुसन्धान प्रतिवेदन उद्धृत गर्दै भनेको छ,
‘एकचोटि कोरोना लागेर निको भइसकेका व्यक्तिले पहिलो खोप लगाएपछि दोस्रो डोज नलिए पनि हुने अध्ययनले देखाएको छ। एकचोटि पनि संक्रमण नभएको व्यक्तिले भने दुवै खोप लिनु जरूरी छ।’








































